• शुक्रबार, साउन ८ २०८३

सम्भव नेपालले दियो भिमसेन थापाका १६ क्लबलाई खेलकुद सामाग्री


बिहिबार, चैत्र २० २०८१
1.3K
Shares

गोरखा । सम्भव नेपालले भिमसेन थापा गाउँपालिकाका १६ क्लबलाई खेलकुद सामाग्री सहयोग गरेको छ । भिमसेन थापाका ८ वटै वडालाई समेटेर संस्थाले भलिवल खेलसंग सम्बन्धित सामाग्री सहयोग गरेको हो ।

हरेक क्लबलाई करिब १८ हजार रुपैयाको बराबरको सामाग्री बिहिबार एक कार्यक्रमका वीच सम्भव नेपालका परियोजना संयोजक उत्तम अधिकारी, गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जारा, उपाध्यक्ष अमृता वस्तीले क्लबका प्रतिनिधीहरुलाई हस्तान्तरण गरेका हुन् । जसमा खेलाडीका लागि ८ थान ड्रेस, भलिवल ३ थान, नेट, पम्प, सिठ्ठी लगायतका सामाग्री रहेको संस्थाका प्रतिनिधी रञ्जन खनालले बताए ।

ग्रामिण क्षेत्रका युवाहरुलाई खेलकुद क्षेत्रमा संलग्न हुन प्रोत्साहन गर्ने साथै खेलमा रुची भएका युवालाई सामाग्री प्रदान गरी प्रतिभा बाहिर ल्याउन सहयोग गर्ने उदेश्यले यो कार्यक्रम तयार गरिएको परियोजना संयोजक अधिकारीले बताए ।

यसअघि संस्थाले शहिद लखन गाउँपालिकाका ८ वटा वडालाई १५ थानका दरले जर्सीसहित खेलकुदका सामाग्री प्रदान गरिसकिएको उनले बताए । यो कार्यक्रम आगामी दिनमा गण्डकी, आरुघाट तथा गोरखा नगरपालिकामा समेत सञ्चालन गर्ने तयारी संस्थाको छ ।

परियोजना संयोजक अधिकारीका अनुसार यस कार्यक्रमबाट करिब ३ हजार युवा लाभाञ्वित हुनेछन् । संस्थाले गोरखाका अन्य पालिकामा समेत सो खेलकुद सामाग्री सहयोग गर्ने तयारी गरेको छ ।

प्रेम कुमार खत्रीको नेतृत्वमा रहेको सम्भव नेपालले अघिल्लो हप्ता भिमसेन थापा गाउँपालिका वडा नम्बर ६ अश्राङको शहिद स्मृती आधारभुत अस्पतालमा एक दिने मुटु स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो ।

जसमा ६ सय भन्दा बढीले सेवा लिएका थिए । संस्थाले विगतदेख नै गोरखामा शिक्षा, स्वास्थ्य, खेलकुद, महिला नेतृत्वविकास, जिविकोपार्जनमा सहयोग लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार