• शुक्रबार, साउन ८ २०८३

सम्भव नेपालले चैत १६ गते अश्राङमा निशुल्क मुटु स्वास्थ्य शिविर गर्ने


बुधबार, चैत्र १२ २०८१
1.4K
Shares

गोरखा । सम्भव नेपाल नामक सामाजिक संस्थाले गोरखाको अश्राङमा निशुल्क मुटु स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । भिमसेन थापा गाउँपालिका ६ अश्राङ स्थित सहिद स्मृति आधारभुत अस्पतालमा आगामी चैत १६ गते शनिबार निशुल्क शिविर आयोजना गर्न लागिएको संस्थाले जनाएको छ ।

पछिल्लो समय बिभिन्न कारणले नागरिकहरुमा मुटुसम्बन्धि समस्या बढ्दै गएको र जिल्लामा उपचार समेत नहुने भएकाले सम्भव नेपालले ग्रामिण क्षेत्रका जनतालाई गाउँमै सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको अध्यक्ष प्रेम कुमार खत्रीले बताए ।

शिविरमा त्रि.वि. मनमोहन कार्डियोथोरासिक भास्कुलार तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौंका बरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेल नेतृत्वको चिकित्सक टोलीबाट मुटुको परिक्षण गरिनेछ । भिमसेन थापा गाउँपालिकाको समन्वयमा आयोजना गरिएको शिविरमा गोरखा नगरपालिका, भिमसेन थापा, शहिद लखन, आरुघाट गाउँपालिका लगायतका क्षेत्रका नागरिक लाभाञ्वित हुने अपेक्षा गरिएको छ ।

बिहान ८ बजेदेखि सुरु हुने शिविरमा इसिजी, इको लगायत अत्याधुनिक प्रविधीबाट मुटुको परिक्षण गरि निशुल्क औषधी वितरण र परामर्श सेवा प्रदान हुने संस्थाले जनाएको छ । सम्भव नेपालले गोरखाको शिक्षा, स्वास्थ्य तथा जिविकोपार्जनका क्षेत्रमा विगतदेखि काम गर्दै आइरहेको छ ।

साथै शिविरमा जनरल फिजिसियनहरुबाट अन्य समस्या भएका बिरामीहरुको समेत स्वास्थ्य परिक्षण गरिने शिविरका समन्वयकर्ता त्रिवि शिक्षण अस्पतालमा कार्यरत परशुराम पन्तले जानकारी दिए । पन्तको समन्वयमा जिल्लामा हालसम्म २४ स्थानमा स्वास्थ्य शिविर सम्पन्न भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार