• शुक्रबार, साउन ८ २०८३

एसईई र १२ को परिक्षामा ४ जीपीए ल्याउनेलाई शहिद लखनमा ५० हजार पुरस्कार

कक्षा ८ को परीक्षामा ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीलाई समेत १० हजार पुरस्कार


आइतबार, चैत्र ९ २०८१
1.9K
Shares

गोरखा । शहिद लखन गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षामा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

गाउँपालिकाले एक सूचना प्रकाशित गरेर एसईई र कक्षा १२ को परिक्षाका ४ जीपीए ल्इाउने विधार्थीलाई ५० हजार रुपैया पुरस्कारसहित सम्मान गर्ने जानकारी दिएको हो । त्यस्तै पालिकास्तरीय कक्षा ८ को परीक्षामा ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीलाई समेत १० हजार नगदसहित सम्मान गर्ने गाउँपालिकाले जनाएको छ ।

सूचना अनुसार ३.९० देखि ३.९९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ का परीक्षार्थीलाई ४० हजार र कक्षा ८ का विद्यार्थीलाई ८ हजार, ३.८० देखि ३.८९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ का परीक्षार्थीलाई ३० हजार र कक्षा ८ का परिक्षार्थीलाई ६ हजार, ३.७० देखि ३.७९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ कालाई २० हजार र कक्षा ८ कालाई ४ हजार पुरस्कार दिइने छ ।

यसैगरी ३.६० देखि ३.६९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ का परीक्षार्थीलाई १० हजार र कक्षा ८ कालाई २ हजार रुपैयाँ पुरस्कार दिइने छ ।

विद्यार्थीलाई प्रोत्साहनका लागि यो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले बताए । उक्त कार्यक्रमका लागि गाउँपालिकाले दुई लाख बजेट छुट्टाएको छ । यस वर्षको एसईईमा सहिद लखन गाउँपालिकाबाट १ सय ९९ परीक्षार्थी सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार