• शनिबार, साउन ९ २०८३

द्रव्य शाह बहुमुखी क्याम्पसमा नेविसंघका अविन श्रेष्ठको प्यानल विजयी


बुधबार, चैत्र ५ २०८१
2.4K
Shares

गोरखा । गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस निकटको नेविसंघ र एमाले निकट अनेरास्ववियुको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठले २१६ मत ल्याएर विजयी बनेका हुन् । श्रेष्ठ यसअघिको स्ववियुमा कोषाध्यक्ष पदमा कार्यरत थिए ।

उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका सचिन खनालले २ सय २ मत ल्याएका छन् । खनाल माओवाली निकट क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियु समाजवादीको संयुक्त प्यानलबाट उम्मेदवार बनेका थिए ।

द्रव्य शाह बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानल नै विजयी भएको हो । सचिवमा समेत नेविसंघका सुप्रिज बस्नेत विजयी बनेका छन् ।

कोषाध्यक्षमा अनेरास्ववियुको असिम श्रेष्ठ, सदस्य पदमा नेविसंघका युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दिप कार्की र अनेरास्ववियुकी विपना कोइराला विजयी बनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार