• शुक्रबार, साउन ८ २०८३

फेन्सी व्यवसायी संघ चितवनको ३७ औँ स्थापना दिवसमा फुटसल प्रतियोगिता


सोमबार, चैत्र ३ २०८१
1.3K
Shares

चितवन । फेन्सी व्यवसायी संघ चितवनको ३७ औँ स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

चितवन फेन्सी व्यवसायी संघ र फेन्सी साकोसको संयुक्त आयोजनामा भएको अन्तर टोल र अन्तर बजार स्तरीय ३५ बर्ष माथिको सेभेन ए साइड फुटसल प्रतियोगितामा गंगोत्री बजार, हंङकङ बजार ,कमलनगर बजार,मेनरोड बजार र मिलनरोड बजार गरी ५ समुहबिच खेल सम्पन्न भएको थियो ।

प्रतियोगितामा गंगोत्री बजार र कमलनगर बजार बिच भएको फाईनल खेलमा निर्धारित र अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि पेनाल्टी शुट आउटमा कमलनगर बजार प्रथम भएको छ भने गंगोत्री बजारले दोस्रो स्थानमा चित्त बुझाउनु प¥यो ।

प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल कमलनगर बजारका खेलाडी टंकप्रसाद सापकोटालाई म्यान अफ द म्याच घोषणा गरिएको थियो ।

यसैगरी महिला सदस्यहरुबिच पनि सियो धागो खेल सम्पन्न भएको छ । जसमा प्रथम बबिता सुबेदी प्रथम र पार्वति आचार्य द्धितिय भएको फेन्सी ब्यवसायी संघ चितवनका सदस्य नविन मियाँले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार