चितवन । फेन्सी व्यवसायी संघ चितवनको स्थापना दिवसका अवसरमा क्रिक्सल प्रतियोगिता सम्पन्न भएको छ । संघको ३७ औं स्थापना दिवसका अवसरमा चितवनमा आयोजित टोल स्तरीय क्रिक्सल प्रतियोगितामा नारायणगढको मिलनटोल विजयी बनेको छ ।
नौ टिमको सहभागिता रहेको प्रतियोगितामा मिलनटोलले गंगोत्री मार्गलाई हराउदै प्रथम भएको संघले जनाएको छ ।
संघका चिवन अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिका ३ का वडाध्यक्ष विकास थापाको प्रमुख आतिथ्यता रहेको थियो ।