• शनिबार, साउन ९ २०८३

जिल्ला-जिल्लामा पुग्यो एसईईको प्रश्नपत्र, देशभर तोकिए २१ सय बढी परीक्षा केन्द्र

एसईईका लागि ५ लाख २२ हजार विद्यार्थीले फार भरेका छन् ।


सोमबार, फाल्गुन २६ २०८१
1.3K
Shares

काठमडौं। आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को लागि जिल्ला–जिल्लामा प्रश्नपत्र पुगेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेका अनुसार काठमाडौंमा मात्र बाँकी छ। ‘प्रश्नपत्र छपाईको काम सकेर जिल्ला जिल्लामा गइसकेको छ ।

एसईईका लागि ५ लाख २२ हजार विद्यार्थीले फार भरेका छन् । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका हुन् ।

परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । परीक्षा केन्द्र केही थपघट हुनसक्ने कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार