• शनिबार, साउन ९ २०८३

महिला दिवसमा गोरखामा नगरस्तरीय महिला वक्तृत्वकला प्रतियोगिता, वडा नम्बर ९ पहिलो


आइतबार, फाल्गुन २५ २०८१
2.2K
Shares

गोरखा । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गोरखा नगरपालिकाले नगरस्तरीय वतृत्वकला प्रतियोगिता आयोजना गरेको छ । ‘नेपालमा महिलाको अधिकार, उपलब्धी, कार्यान्वयनको अवस्था, चुनौती र भावी गन्तव्य’ विषयक वतृत्वकला प्रतियोगितामा गोरखा नगरपालिका–९ की प्रमिला थापा सुयँलले प्रथम स्थान हासिल गरेकी छन् ।

उनले नगद १० हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेकी छिन । यस्तै, प्रतियोगितामा गोनपा–८ की नर्मदा खनाल कट्टेल दोस्रो, गोनपा–५ की प्रतिभा राना पौडेल तेस्रो र गोनपा–१० की सुमति श्रेष्ठ र गोनपा–१ की जानुका केसी सान्त्वना भएका छन् ।

उनीहरुले क्रमश आठ हजार, छ हजार र सान्त्वना हुने दुवै जनाले नगद चार चार हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा नगरभित्रका दश वटा वडाबाट महिलाको सहभागीता रहेको थियो ।

गोरखा नगरपालिका उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम अन्तरगत भएको प्रतियोगितामा मनास्लु क्षेत्र संरक्षण आयोजना, एकिकरण नेपाल, रुम टु रिड, स्वाँरा सघन गाउँ बिकास केन्द्र, गोरेटो गोरखा र रोटरी क्लव अफ गोरखाले समेत सहयोग गरेका थिए ।

गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सरकारका वन तथा वातावरण राज्यमन्त्री रुपा विकको प्रमुख आतिथ्यता रहेको थियो । महिलाको बोल्ने कलाको विकास गर्न तथा बोल्नबाट वञ्चित भएका महिलाको प्रतिभा उजागर गर्ने उदेश्यले महिला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको उपप्रमुख थोकरले बताइन ।

कार्यक्रममा गण्डकी प्रदेशकी निवर्तमान प्रदेश सभा सदस्य मनकुमारी गुरुङ, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना मगर, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बराल, जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठक, रिपुमर्दन गणका गणपती अशोककुमार क्षेत्री, गोनपाकी निवर्तमान नगर उपप्रमुख बिनाकुमारी श्रेष्ठ, वडाअध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतले सहभागिता रहेको थियो ।

रानीपोखरीमा आयोजना गरिएको कार्यक्रमअघि हरमटारीचोकबाट महिला समुहले नेतृत्व गरेको बाजासहित झाँकी ¥याली गरिएको थियो । ¥यालीमा १४ वटै वडाका महिला समुह तथा बिभिन्न संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको नगरपालिकाकी सहायक प्रशासकीय अधिकृत शोभा दवाडीले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार