• शुक्रबार, साउन ८ २०८३

गोरखाको द ओल्ड क्यापिटल स्कुलले साढे ३ लाख रुपैया बराबरको छात्रवृत्ति वितरण


शुक्रबार, फाल्गुन १६ २०८१
8.5K
Shares

गोरखा । गोरखा सदरमुकाममा सञ्चालित द ओल्ड क्यापिटल माध्यामिक विधालयले करिब साढे ३ लाख रुपैया बराबरको छात्रवृत्ति वितरण गरेको छ । बिभिन्न विद्यामा उत्कृष्ट हुने विधार्थीलाई ३ लाख ४१ हजार ५ सय २० रुपैया बराबरको छात्रवृत्ति रकम वितरण गरेको हो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी नर्सरीदेखि कक्षा १२ सम्मका प्रथम, द्धितिय र तृतिय हुने साथै गोरखा प्राविधिक प्रशिक्षण केन्द्रमा प्राविधिक तर्फ अध्ययनरत हेल्थ असिस्टेण्टको प्रथम, द्धितिय र तृतिय बर्षमा अध्ययनरत उत्कृष्ट विधार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

विधार्थीले बर्षभरी तिरेको मासिक शुल्कमध्ये परिक्षामा प्रथम हुने विधार्थीलाई उसले तिरेको ६० प्रतिशत, द्धितिय हुनेलाई ५० र तृतिय हुनेलाई ४० प्रतिशत रकम छात्रवृद्धिका रुपमा दिइएको विधालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुवँरले बताए ।

त्यस्तै कार्यक्रममा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विधार्थीलाई समेत पुरस्कृत गरिएको छ । जसमा उत्कृष्ट सरसफाई, विधालयमा सबै भन्दा बढी उपस्थित हुने विधार्थी, उत्कृष्ट स्वस्थकर खाजा ल्याउने विधार्थी, उत्कृष्ट हस्तलेखन लगायत विद्यामा विधार्थीलाई पुरस्कृत गरिएको अध्यक्ष कुवँरले जानकारी दिए ।

कार्यक्रमकै अवसरमा उत्कृष्ट असल अभिभावकलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष कुवँरसहित विधालयका प्रधानाध्यापक जनक केसी, अभिभावकका तर्फबाट दयाराम भट्ट लगायतले मन्तब्य राखेको लेखा संयोजक राजु कट्टेलले बताए ।

जिल्लाकै सबैभन्दा धेरै विधार्थी अध्ययनरत रहेको यस विधालय गोरखा नगरपालिका ८ रानीवनमा सञ्चालित छ । २०५२ सालमा संस्थागत विधालयका रुपमा स्थापना भएको ओल्ड क्यापिटलमा हाल २ हजार ३ सय भन्दा बढी विधार्थी अध्ययनरत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार