गोरखा । रोटरी क्लव अफ गोरखाले सम्पदा पदयात्रा सम्पन्न गरेको छ । १२० औं रोटरी दिवशका अवसरमा गोरखा दरबारबाट अर्को ऐतिहासिक तथा पुरातात्विक सम्पदा उपल्लोकोट र बज्रभैरवसम्म सम्पदा पदयात्रा सम्पन्न गरेको हो ।
प्राचीन ऐतिहासिक महत्व बोकेको उपल्लोकोट तथा बज्रभैरवको प्रचारप्रसारका साथै त्यस क्षेत्रको महत्व उजागर गर्ने उद्देश्यले सम्पदा यात्रा आयोजना गरिएको क्लबका अध्यक्ष विनोद कुमा। बस्न्यातले बताए।
पदयात्रामा रोटरी क्लवका डिस्ट्रिक अफिसर पवनरमण खनाल तथा डिस्ट्रिक एजी विशाल राना लगायत २५ जना भन्दा धेरै रोटरियनहरु सहभागिता रहेको बताइएको छ ।