काठमाडौं । नुवाकोट जिल्ला विदुर वडा नं ५, देवीघाटमा विभिन्न संघ संस्थाको आयोजनामा अनुपम अभियान सम्पन्न भएको छ।
देवीघाट जेष्ठ नागरिक प्रतिष्ठान, नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्था, देवीघाट जाल्पा युवा क्लब, जाल्पादेवी महिला गंगा आती मञ्च, नागरिक आवाज, राष्ट्रिय जनवकालत मञ्च, एकिकरण नेपाल गोरखाको आयोजनामा सम्पन्न कार्यक्रममा एक सय जना भन्दा बढिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भगवती खतिवडा, नेपाल युवा संस्था संजाल आयोनको अध्यक्ष सुजाता बराल, नागरिक आवाजको कार्यक्रम व्यवस्थापक हरी धामी, गोरखा अस्पताल गोरखाको नर्सिङ अधिकृत रीना थापा, लगायतले महिला सहभागिता अपरिहार्य भएको बताएका थिए ।