• शनिबार, साउन ९ २०८३

राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार जोशीलाई


शनिबार, फाल्गुन १० २०८१
1.8K
Shares

काठमाडौं । यस बर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार पदमराज जोशीलाई प्रदान गरिएको छ । क्यान्सर रोग र महिला हिंसाविरुद्व कलम चलाएर समाजमा योगदान पु¥याएको भन्दै राधा क्यान्सर सचेतना फाउन्डेसनले पत्रकार जोशीलाई २० हजार नगदसहित उक्त पुरस्कार प्रदान गरेको हो ।

नवलपुरको कावासोती नगरपालिका २ मा शुक्रबार आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्व कानुनमन्त्री एवं सभासद् रोशनबहादुर गाहाले उक्त पुरस्कार प्रदान गरेका थिए ।

दुई दशकदेखि स्वास्थ्य पत्रकारितामा क्रियाशील पत्रकार जोशी हेल्थ टुडे पत्रिकाका सम्पादक समेत हुन् । पूर्वमन्त्री गाहाले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन सचेतना अभियानको खाँचो भएको बताउँदै पत्रकारले सचेतना जगाउने काममा महत्वपूर्ण भूमिका खेल्न सक्नेमा जोड दिए ।

कार्यक्रममा राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले क्यान्सरको जोखिम बढ्दै गएकाले यसका विषयमा सचेतना आवश्यक रहेको बताएका छन् ।

फाउण्डेसनका संरक्षक शुभराज बस्यालले स्वर्गिय राधा बस्यालले सुरु गरेको सचेतना अभियानलाई मर्न नदिन आफूहरु लागिपरेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका कोषाध्यक्ष भविश्वर पाण्डे, पत्रकार महासङ्घका नवलपुर जिल्ला अध्यक्ष श्रीराम सिग्देल लगायतले स्वर्गीय राधा बस्यालले लामो समयसम्म पत्रकारितामा पु¥याएको योगदानको चर्चा गर्दै क्यान्सर जस्तो भयावह रोगबाट बच्न जनस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको बताएका थिए ।

विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कात्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार