• शनिबार, साउन ९ २०८३

सामाजिक सञ्जाल विद्येयक ल्याएर नागरिकको मौलिक हक हनन गर्न खाजियो, सच्याइयोस्: शान्ति समाज


बिहिबार, फाल्गुन १ २०८१
1.5K
Shares

गोरखा । मानवअधिकार तथा शान्ति समाज गोरखाले सामाजिक सञ्जाल विद्येयक मौलिक हक तथा मानवअधिकारमैत्री नभएकाले सच्याउन माग गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल मार्फत ज्ञापनपत्र बुझाउँदै समाजले सामाजिक सञ्जालको प्रयोग तथा सञ्चालनका लागि सरकारले ल्याउने तयारी गरेको सामाजिक सञ्जाल विद्येयकका केहि प्रावधानले नागरिकको मौलिक हक, अधिकार, प्रेस र अभिव्यक्ति स्वतन्त्रता हनन गर्न खोजेको भन्दै विरोध जनाएको हो ।

अभिव्यक्ति स्वतन्त्रता र आधारभुत मानवअधिकारलाई ख्याल नगरी सरकारले सो विद्येयकमा बिभिन्न प्रावधान गरेको, नागरिकको अधिकार कुण्ठित गर्न खोजिएकाले सच्याउन समाजले माग गरेको छ ।

समाजका अध्यक्ष शरद श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा मानवअधिकार, मौलिक हक तथा प्रेस स्वतन्त्रता हनन नहुने तवरn] सामाजिक सञ्जाल प्रयोगलाई मर्यादित, सुरक्षित र ब्यवस्थित बनाउन स्पष्ट कानूनको खाँचो रहेको समेत उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार