• शनिबार, साउन ९ २०८३

गोरखा जेसीजले फुटसल प्रतियोगिता आयोजना गर्दै, पहिलो पुरस्कार ५० हजार


बिहिबार, फाल्गुन १ २०८१
1.9K
Shares

गोरखा । गोरखा जेसीजले पहिलो पटक फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । चैत्र १ गतेबाट सुरु हुने प्रतियोगिता गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा हुने गोरखा गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङले बताए । प्रतियोगितामा जेसिज क्षेत्र ‘ख’ अन्तरगत रहेका क्लबहरु सहभागी हुन पाउने उनको भनाई छ ।

क्षेत्र ख अन्तरगत १५ समूह रहेपनि एउटा महिला जेसीज रहेकाले १४ टिम सहभागी हुने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताए । गोरखासहित तनहूँ, वाग्लुङ, लम्जुङ, कास्की, पर्वत, स्याङ्जा र चितवन जिल्लाबाट प्रतियोगितामा सहभागीता रहने उनले जानकारी गराए ।

नकआउट विधिबाट संचालन हुने उक्त प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार र दोस्रो हुनेले ३० हजार नगद पुरस्कार पाउने छन् । विभिन्न विधामा समेत नगद पुरस्कार राखिएको अध्यक्ष गुरुङले बताए । बिभिन्न जिल्लाका जेसीजबीचको सम्बन्ध थप सुमधुर बनाउन प्रतियागिताले भूमिका खेल्ने उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार