• शुक्रबार, साउन ८ २०८३

शहिद लखनमा सम्भव नेपालको सहयोग


बुधबार, माघ ३० २०८१
1.6K
Shares

गोरखा । सम्भव नेपालले शहिद लखन गाउँपालिकाका सबै वडामा खेलकुद लगायत महिला समुहलाई आवस्यक सामाग्री सहयोग गरेको छ ।

मंगलबारबाट सुरु भएको शहिद लखन कप भलिबल प्रतियोगिताका लागि आवश्यक खेल सामग्री र पोशाक सहयोग गरिएको सम्भव नेपालका व्यवस्थापक उत्तम अधिकारीले जानकारी दिए ।

नौ वटै वडालाई १५ वटाका दरले जर्सी, तीन/तीन वटाका दरले भलिबल, पम्प, नेट, सिठ्ठी सहयोग गरिएको अधिकारीले बताए । थप केही थान खेलकुद सामाग्री समेत गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

मंगलबारबाट सुरु भएको शहिद लखन कप भलिबल प्रतियोगिताको अबसरमा सम्भव नेपालका ब्यवस्थापक अधिकारीले गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

त्यस्तै सम्भव नेपालले शहिद लखन गाउँपालिका नौ वटै वडालाई समेटिने गरी १५ वटा महिला समूहलाई विभिन्न प्रकारका भाडाकुँडा, कुर्चि, टेण्ट, बाजा, स्पिकर लगायतका सामाग्री सहयोग समेत गरेको छ ।

महिला समूह लक्षित कार्यक्रम अन्र्तगत उक्त गाउँपालिकाबाट छनोट भएका समूहलाई सहयोग गरिएको अधिकारीले जानकारी दिए । सो सामाग्री समेत मंगलबार नै महिलासमुहका अध्यक्षलाई हस्तान्तरण गरिएको बताइएको छ ।

सम्भव नेपालले यसअघि गण्डकी गाउँपालिका, भिमसेन थापा गाउँपालिका, गोरखा नगरपालिका, आरुघाट गाउँपालिकाका महिला समूहलाई यस्तो खालको सामाग्री सहयोग गरिसकेको छ ।शहिद लखन गाउँपालिका बाहेक अन्य सबै पालिकामा भने दशै अघि नै सामग्री हस्तान्तरण गरिसकिएको अधिकारीले बताए ।

आरुघाट स्थायी ठेगाना भई हाल काठमाडौं बस्ने प्रेम खत्रीको नेतृत्वमा रहेको सम्भव नेपालले विगतका वर्ष देखि शिक्षा, स्वास्थ्य खेलकुद लगायतका विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको छ । केहि समयअघि जिल्लाका बिभिन्न पालिकाका स्वास्थ चौकी तथा वडालाई एम्बुलेन्स समेत दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार