• शनिबार, साउन ९ २०८३

रोटरीको निशुल्क मुटु शिविरमा पहिलो दिन ३ हजारबढीले लिए सेवा


शुक्रबार, माघ २५ २०८१
2.2K
Shares

गोरखा । गोरखामा आज शुक्रबारदेखि निशुल्क मुटु स्वास्थ्य शिविर सुरु भएको छ । रोटरी क्लब अफ गोरखाको आयोजनामा भएको शिविरको पहिलो दिन आज ३ हजारबढीको मुटु परिक्षण गरिएको छ ।

त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौंको सेभ द हार्ट, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटु रोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको चिकित्सक टोलीबाट प्रदेश अस्पताल गोरखामा सञ्चालन गरिएको शिविर शनिवारसम्म चल्नेछ ।

पहिलोदिन अस्पतालमा २६१ जना र गोरखा नगरपालिका क्षेत्रमा बिभिन्न विद्यालयमा पुगेर २ हजार ८ सय १ जना विद्यार्थी गरी ३ हजार ६२ हजाको मुटु परिक्षण गरिएको कार्यक्रम संयोजक किशोरजंग थापाले बताए ।

शिविरमा मुटुको परिक्षण, इसिजी, इको, आवस्यकता अनुसार अन्य जाँच, निशुल्क औषधी वितरणका साथै परामर्श प्रदान गरिएको छ । पहिलो दिन १६३ जनाको इसिजी र २०७ जनाको इको गरिएको रोटरी क्लब अफ गोरखाले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ, चिकित्सक, नर्स लगायत गरी ३२ जना साथै गोरखा अस्पतालका समेत टोलीबाट शिविरमा चेकजाँच भइरहेको क्लबका अध्यक्ष विनोद कुमार बस्न्यातले बताए ।

क्लबले २०७० सालयता हरेक बर्ष जिल्लामा मुटु शिविर आयोजना गर्दै आइरहेको छ । यस बर्षको शिविरमा सम्भव नेपालको समेत सहकार्य रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार