काठमाडौं । काठमाडौं उपत्यका भित्रिने सवारीसाधन सहजीकरणका लागि निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ ।
आयोजनाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यो आयोजनाको भौतिक प्रगति ८४.९६ प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ७६.६८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
आयोजना निर्देशक ज्ञानेन्द्रकुमार झाका अनुसार आयोजना अन्तर्गत सुरुङ ब्रेक थ्रु भई अन्य काम भइरहेका छन् ।
नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो ।