• शनिबार, साउन ९ २०८३

द्रव्यशाह क्याम्पसको ४० औं वार्षिकोत्सव सम्पन्न


बिहिबार, माघ १७ २०८१
1.9K
Shares

गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मीबजारले ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गोरखा नगरपालिका–९ को उक्त क्याम्पसले बुधबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

२०४२ साल भाद्र ८ गते स्थापना भएको क्याम्पस ३९ वर्ष पुरा भएर ४० वर्षमा प्रवेश गरेको छ । बार्षिकउत्सवको अवसरमा संस्थापक क्याम्पस प्रमुख मोहननारायण श्रेष्ठ, क्याम्पस संरक्षण सदस्य तथा अक्ष्यकोषदाता अमेरीकी जेनिस हिृवलपरको सालिक अनावरण गरिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण पराजुलीले जानकारी दिए ।

उक्त कार्यक्रममा क्याम्पस प्रमुख एकदेव अधिकारीले क्याम्पसको शैक्षिक तथा आर्थिक प्रतिबेदन पेश गरेका थिए । वार्षिकोत्सवको अवसरमा नव आगन्तुक विद्यार्थीको स्वागत गरेको थियो ।

वार्षिकउत्सवमा संस्थापकहरु, जग्गादाता, क्याम्पस विकासमा योगदान पुर्याउने संघ संस्था सम्मान, दिर्घ सेवा पदक, एमफिल गर्ने प्रध्यापकहरुलाई सम्मान, स्नातक तहको बिभिन्न संकाय तर्फ सर्वोत्कृष्ट नम्बरसहित उत्तिर्ण हुने विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण, पुरस्कार वितरण, छात्रबृत्ति वितरण, विभिन्न सास्कृतिक कार्यक्रम गरिएको उनले बताए ।

क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सित्तलकाजी मास्केको अध्यक्षता था त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रध्यापक डा.केदारप्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगरउपप्रमुख मसलीमाया थोकर (सपना पुन), संस्थापक बद्रिबहादुर मास्के, राज्नैतिक दल नेपाली कांग्रेस गोरखाका सचिव किश्वरजंग थापा, नेकपा माओबादी केन्द्रका जिल्ला सचिव अकुर तिमल्सीना, नेकपा एमालेका सचिव काजिराम रोका, गोरखा क्याम्पसका क्याम्पस प्रमुख नबराज श्रेष्ठ, पुर्व स्ववियु सभापती प्रबिन बस्नेत, स्ववियु सभापती सौनक घिमिरे, नेपाल विद्यार्थी संघ गोरखाका अध्यक्ष शिवहरी तिमल्सीना, प्राध्यापक संघका अध्यक्ष कुशललाल श्रेष्ठ अखिल क्रान्तिकारी क्याम्पस इकाईका सचिन खनाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का असिम श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

क्याम्पसले २०७९ असार २९ गते गुणस्तर प्रत्यायन सुनिश्चितता (क्यूएए) प्रमाणपत्र पाएको थियो । उक्त क्याम्पसमा शिक्षा, मानविकी, व्यवस्थापन संकाय अन्र्तगत विभिन्न विषयमा अध्यापन गराउदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार