काठमाडौं । तनहुँको ब्यास नगरपालिका ६ शिशाघाटमा रहेको महेन्द्र ज्योती माध्यामिक विद्यालयले ६७ औं बार्षिकोत्सव मनाएको छ । विधालय व्यवस्थापन समितका अध्यक्ष विनोद प्रसाद छिमालको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा व्यास नगरपालिका ६ का वडाध्यक्ष जीवन गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विधालयका प्रधानाध्यापक वुद्दि कुमार श्रेष्ठले विद्यालयले सञ्चालन गरेका गतिविधी तथा प्रगती विवरण समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विधालय व्यवस्थापन समितिका सदस्य दिपक प्रसाद ढुङ्गाना, न्यु अभियान कृषि सहकारी संस्थाका अध्यक्ष निजावदिन मिया, शिशाघाट टोल विकास संस्थाका अध्यक्ष मृगेन्द्र केसी, शेषटार खानेपानी संस्थाका अध्यक्ष गंगा वहादुर केसी, समाजिक परीक्षण समितिका सदस्य तोप वहादुर परियार, कस्तरी समाज नेपाल व्यास ६का अध्यक्ष विनम केसी, शिक्षक अभिभावक संघका अध्यक्ष लाल वहादुर पन्थ, विधालयका पुर्व प्र अ तीर्थराज पराजुली, कक्षा १० कि छात्रा अजिमा खातुन, कक्षा ४ की छात्रा जेनी के सी लगायतले मन्तव्य राखेका थिए ।
बार्षिकोत्सवकै अवसरमा विद्यालयले विभिन्न विद्यामा उत्कृष्ट तथा विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउने महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।
जसमा लामो समयसम्म विद्यालयमा सेवा गरेका शिक्षक मुक्ति प्रसाद रेग्मी, आफ्नो विषयमा शत प्रतिशत विधार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरु फुर्तिमान वस्नेत, रमेश रायमाझी, वुद्वि वहादुर विक, उत्कृष्ट कक्षा व्यवस्थापन गरेवापत शिक्षक अमिना वेगम र खेलकुद शिक्षक अमित गुरुङ र रामसिंह दुरालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्व राजकुमार विधादेवी स्मृति अक्षयकोष, स्व पदमलाल–लीलावती ऋषिराम छिमाल स्मृति अक्षयकोष, स्व नारायणीदेवी के सी स्मृति अक्षयकोष, स्व चुडामणि नागिला स्मृति अक्षयकोष, स्व।मोहन के सी स्मृति अक्षयकोष लगायतका कोषहरुवाट विभिन्न कक्षामा अध्ययनरत विधार्थीहरुलाई नगद रकम सहित छात्रवृत्ति वितरण गरिएको बताइएको छ ।
यसैगरी उत्कृष्ट विद्यार्थीको रुपमा कक्षा १० मा अध्यययनरत छात्रा अजिमा खातुन र अनुशासित विद्यार्थीको रुपमा सिमा बेगमलाई नगदसहित सम्मान गरिएको छ । त्यस्तै विद्यालयमा सञ्चालन भएको वक्तृत्वकला प्रतियोगितामा विजयी ७ जना विधार्थीहरुलाई समेत नगद पुरस्कार वितरण गरिएको बताइएको छ ।
कार्यक्रमकै अवसरमा विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य लगायत बिभिन्न मनोरञ्जनका गतिविधीहरु पनि प्रस्तुत गरेको थिए ।