• शनिबार, साउन ९ २०८३

माघ २४ देखि लिगलिग पालुङटार महोत्सव हुने


बिहिबार, माघ १० २०८१
1.8K
Shares

गोरखा । गोरखाको पालुङटारमा ‘लिगलिग पालुङटार महोत्सव २०८१’ हुने भएको छ ।

लिगलिग पालुङटार उद्योग वाणिज्य संघको मुख्य आयोजना, उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश, पोखरा र गोरखा उद्योग वाणिज्य संघ, गोरखाको सहआयोजनामा यही माघ २४ गते देखि फागुन ४ गते सम्म महोत्सव गर्न लागिएको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

‘ऐतिहासिक लिगलिग पालुङटारको पहिचान–कृषि, पर्यटन, उद्योग तथा व्यापार प्रवद्र्धन मुल अभियान’ मुल नाराका साथ आयोजना गरिएको महोत्सव पालुङटार नगरपालिका–५ को माझटार खेलमैदानमा सञ्चालन हुने लिगलिग पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष मानबहादुर आलेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार