• शनिबार, साउन ९ २०८३

गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ बाट, विजेतालाई ४ लाख पुरस्कार


बिहिबार, माघ १० २०८१
1.9K
Shares

गोरखा । गोर्खाली रनिङ कपको नवौं संस्करण आगामी फागुन ७ गतेबाट हुने भएको छ । जिल्लाकै सर्वाधिक राशी पुरस्कार भएको गोर्खाली रनिङ कपका विजेताले यो संस्करणमा नगद चार लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक हरमटारी क्लबले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताको बारे जानकारी दिएको हो ।

जिल्लामै खेलाडी उत्पादन गर्न, खेलको मध्यमबाट गोरखालाई चिनाउन तथा खेलाडीहरुलाई विस्थापित हुन नदिन प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

‘जिल्लामा एन्फा, जिल्ला खेलकुद विकास समितिहरु छन्, उनीहरुले प्रतियोगिता आयोजना गर्दैनन्,’ क्लबका महासचिब किरण ढकालले भने, ‘जबसम्म हरमटारी क्लब रहन्छ, हामी रहन्छौं, प्रतियोगिता आयोजना गरिरहन्छौ ।’

फागुन ७ गतेदेखि १४ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय स्तरका विभिन्न क्लवका साथै गोरखाका स्थानीय क्लबहरु गरी कुल १६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

खेलकुद मैदान हरमटारीमा हुने उक्त प्रतियोगिता संचालनका लागि २७ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा सहभागी हुन रु १५ हजार टिमदर्ता शुल्क रहेको उनले बताए ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको मानिएको गोर्खाली रनिङ प्रतियोगिता विजेता टिमले नगद चार लाख उपविजेतालाई नगद दुई लाख सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

यस्तै प्रतियोगितामा विभिन्न विधा अन्तरगत सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार, सर्वोत्कृष्ट गोलरक्षक उच्च गोलकर्तालाई १५ हजार तथा अनुशासित टिमले रु ३५ हजार नगद प्राप्त गर्ने क्लबले जनाएको छ ।

प्रतियोगिता अवलोकन गर्न प्रतिव्यक्ति रु ५० तथा सेमिफाइनल तथा फाइनल खेलका लागि रु १०० टिकट शुल्क रहेको ढकालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार