• शनिबार, साउन ९ २०८३

अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा नेपाल विजेता


सोमबार, माघ ७ २०८१
2K
Shares

काठमाडौं । पाँचौ अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा नेपाल विजेता बनेको छ । नेपालसहित भारत र श्रीलंकाका ४० किशोरकिशोरी प्रतिस्पर्धीहरुले भाग लिएको उक्त प्रतियोगितामा नेपाल विजेता बनेको हो ।

स्क्र्याबल क्लव नेपाल र द सेलिब्रेसन को.एड.स्कुलको संयुक्त आयोजनामा काठमाडौँमा भएको उक्त खेलमाा नेपालका अर्नव पाण्डे विजेता बनेको प्रतियोगिताका संयोजक विश्वास अर्यालले बताए ।

विजेता पाण्डेले प्रमाणपत्र, मेडल, ट्रफी एवम् नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै नेपालका प्रसिद्ध तिमिल्सिना, विनिता वर्मा, तुलज प्रजापति र निराजन पौड्यल उत्कृष्ट पाँचमा पर्न सफल हुँदै प्रमाणपत्र, मेडल, ट्रफी सहित नगद पुरस्कार प्राप्त गरे ।

प्रतिस्पर्धामा भारत र श्रीलंकाका खेलाडीहरु विजेता बन्न नसके पनि भारतका दालिया वर्मा र श्रीलंकाका गिथमा परेरले इमरजिङ् खेलाडीको पुरस्कार प्राप्त गरे ।

यस अघि माघ ४ गते नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगन कुमार थापाले समारोहका वीच प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै सांसद थापाले विद्यार्थीहरुको बौद्धिक विकाससँगै मनोरञ्जनको लागि पनि यो स्क्र्याबल खेल महत्वपूर्ण हुने भन्दै भविष्यमा आफु पनि यो खेलसँग जोडिन इच्छुक रहेको बताए ।

त्यस्तै कार्यक्रममा द सेलिब्रेसन स्कुलका कार्यकारी निर्देशक आचार्यश्री महेन्द्र बशिष्ठले आफ्नो विद्यालयले यो खेल आयोजना गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै संसारमा ड्रग, डिप्रेसन र डिजिटल उपकरणको नकारात्मक प्रभाव परिरहेकोले त्यसलाई रोक्न विद्यार्थीहरुलाई खेलसँग जोड्नु पर्ने बताए ।

कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा काठमाडौँ क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद प्रतिमा गौतम, युवा नेताहरु दिपक भट्टराई, नवराज त्रिपाठी, किरोश गुरुङ, उज्जवलराम घिमिरे, कागेश्वरी मनोहरा नगरपालीका वडा नं ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी, काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्ट लगायतको सहभागीता थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार