गोरखा । आफ्नो जन्मदिनका अवसरमा लक्ष्मी बजारका अनिष श्रेष्ठले अनाथ बालबालिकालाई खाजा खुवाएका छन् ।
गोरखा नगरपालिका ९ का श्रेष्ठले जन्मदिनको अवसरमा गोरखामा रहेको मानवसेवा आश्रममा रहेका ४४ जना बालबालिकालाई बिहानको खाजा खुवाएका हुन ।
जन्मदिनका अवसरमा हुने फजुल खर्च कटौती गर्दै आफुले बालबालिकालाई खाजा खुवाएको उनले बताए । खाजामा फ्रुटी, बिस्कुट लगायत खुवाएकाे उनकाे भनाइ छ ।
‘वर्थडे मनाउदा हुने खर्च बालबालिकाको खाजामा खर्च गरेको हुँ’ श्रेष्ठले भने ‘विपन्न र अनाथ बालबालिकाहरुसंग एक छाक भएपनि संगै बसेर खाजा खाए, खाजाको प्रवन्ध गरे, यसैमा खुसी छु ।’
उनि लक्ष्मीबजार हार्ट क्लबका सदस्य समेत हुन ।