• शनिबार, साउन ९ २०८३

संजितकुमार श्रेष्ठले सार्वजनिक गरे ‘डम्वेलका व्यायामहरु’


आइतबार, पुष २८ २०८१
1K
Shares

गोरखा । शारीरिक व्यायाम प्रशिक्षक संजितकुमार श्रेष्ठले ‘डम्वेलका व्यायामहरु’ नामक पुस्तक सार्वजनिक गरेका छन् । पुस्तकमा जिमको आवस्यकता, महत्व, डम्वेलको प्रयोग र यसका फाइदा लगायत ब्यायमका टिप्सहरु समेटिएका छन् ।

शुक्रवार गोरखा बसपार्कस्थित गोरखा फिटनेस क्लबमा एक कार्यक्रमकावीच श्रेष्ठले सो पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तकमा जीम तथा डम्वेलको सहि प्रयोगका बारे तीन महिनाको बेसिक ट्रेनिङ प्रोग्रामबारे समेटिएको श्रेष्ठले बताए । साथै जिमका फाइदा, विशेषता र यससंग सम्बन्धित खानपान, पोषण लगायतका बिषय बारे समेत पुस्तकमा समावेश भएको बताइएको छ ।

गोरखा नगरपालिका–६ तिनधारेका श्रेष्ठ हाल अस्ट्रेलिया बस्छन् । विगत २९ बर्षदेखि निरन्तर शारीरिक व्यायाम गर्दै आएका उनले अस्ट्रेलियामा जिम क्लब समेत संचालन गरी प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार