• शनिबार, साउन ९ २०८३

किमोलुङ फाउण्डेशनको निशुल्क स्वास्थ्य शिविरबाट आरुघाटमा साढे ११ सय जनाले लिए सेवा


बिहिबार, पुष २५ २०८१
1.4K
Shares

काठमाडौं । गोरखाको आरुघाट गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ११ सय ६३ जनाले सेवा लिएका छन् । आरूघाट गाउँपालिका, किमोलुङ फाउण्डेशन नेपाल र करुणा मेडिकल इन्टरनेशनल सिङ्गापुरको संयुक्त सहकार्यमा संचालन भएको तीनदिने शिविरमा ७८८ जना महिला र ३७५ जना पुरुष गरी ११ सय ६३ ले सेवा लिएका हुन् ।

गत सोमबारदेखि सुरु भएको शिविरमा सामान्य स्वास्थ्य परिक्षण, अकुपञ्चार प्रविधिबाट हाडजोर्नीका बिरामी, ज्यान दुख्ने, खुट्टा झमझम गर्ने तथा दुख्ने, छाला सम्बन्धी रोग, स्त्री रोग लगायतका समस्याको उपचार गरिएको आरुघाटका स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए । अधिकांशको हातखुट्टामा गाठा गुठी आउने र हाड जोर्नीको समस्या देखिएको उनले जानकारी दिए ।

शिविरमा विशेषज्ञ डाक्टरसहित स्वदेशी तथा विदेशी गरी ८० जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा दिएको किमोलुङ फाउन्डेसन नेपालका संस्थापक वाङचुक राप्तेन लामाले बताए । साथै निशुल्क रुपमा औषधी समेत उपलब्ध गराएको उनले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार