पोखरा । सिभिलखबरका कार्यकारी सम्पादक मोहसिन अलि मियाँ सम्मानित भएका छन् । नेपाल मुस्लिम संघ, गण्डकी प्रदेशले दोस्रो अधिवेशनका अवसरमा मियाँलाई सम्मान गरेको हो ।
एक दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा रहेर समाज र समुदायको हक, हित, अधिकार साथै उत्थानमा योगदान पु¥याएको भन्दै मियाँलाई सम्मान गरिएको संघका अध्यक्ष शाह मोहम्मदले बताए ।
समाज रुपान्तरण तथा समुदायको विकासका लागि सञ्चार क्षेत्र मार्फत मियाँले महत्वपूर्ण भूमिका खेलेको सम्मान पत्रमा उल्लेख गरिएको छ । उनलाई नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
२०६९ सालबाट गोरखकाली एफएम मार्फत पत्रकारिता सुरु गरेका मियाँसंग रेडियो गोरखा, गोरखा समाचार दैनिक, समाधान दैनिक, नेपालीपत्र डटकम, न्यूज ट्वान्टीफोर टिभी, ग्यालेक्सी फोके टेलिभिजन लगायतका स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा काम गरेको अनुभव छ । गोरखा घर भएका मियाँ पछिल्लो समय सिभिलखबरमा कार्यरत छन् ।