• शनिबार, भाद्र २० २०८३

नेपालमा संक्रमितकाे दर घट्याे, आज ११८ जनामा कोरोना पुष्टि


शुक्रबार, असार २६ २०७७
745
Shares

काठमाण्डाै । पछिल्लाे समय नेपालमा काेराेना संक्रमितकाे दर घट्दै गएकाे छ । केहि दिनअघिसम्म दैनिक ५ सयकाे हाराहारीमा संक्रमित हुने गरेकाे भएपनि पछिल्लाे ३ दिनयता त्याे दर घटेकाे हाे । आज शुक्रबार थप ११८ जनामा मात्रै कोरोना पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ११८ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार