हिजो रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशभरि जनधनको ठूलो क्षति भएको छ।
शुक्रबार बिहानसम्म ३१ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता भएका छन्। गृह मन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन्।
लमजुङको वेशीसहर नगरपालिका-७ मा आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जनता घाइते भएका छन्।
कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ।
रूकुम पश्चिमको आठबिसकोट- ३मा आएको पहिरोमा २ जनाको मृत्यु भएको छ भने १ घाइते भएका छन्।