• शुक्रबार, साउन ८ २०८३

साक्षरता तथा बालिका शिक्षा कार्यक्रमको समिक्षा, जिल्लाभर विस्तार गर्न रणनीति तय गरिने


मंगलबार, पुष १६ २०८१
1.5K
Shares

गोरखा । गोरखाका विद्यालयहरुमा सञ्चालित साक्षरता तथा बालिका शिक्षा कार्यक्रमको समिक्षा गरिएको छ । एकिकरण नेपाल गोरखाको व्यवस्थापन तथा रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग एवंम स्थानीय तहहरुको समन्वय र सहकार्यमा संचालित साक्षरता तथा बालिका शिक्षा कार्यक्रमको सन् २०२४ भित्र गरेका गतिविधि बारे बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

सन् २०२४ वर्षभरि बालिका शिक्षा कार्यक्रम र साक्षरता कार्यक्रम अन्तर्गत गरिएका कार्यक्रमहरु, उपलब्धिहरु, गरेका असल अभ्यासहरु, सामना गरिएका चुनौतिहरु, समाधानका लागि गरिएका प्रयासहरू र कार्यक्रमको दिगोपनका लागि गरिएका अभ्यासहरुको विषयमा समिक्षा भएको हो ।

कार्यक्रममा सामाजिक परिचालक तथा साक्षरता सहजकर्ताहरुले नमुना प्रदर्शन, गीत, कविता तथा प्रोजेक्टर मार्फत प्रस्तुती गरेका थिए । कार्यक्रममा बालिका शिक्षा कार्यक्रम अन्र्तगत गोरखाका पालुङटार, गोरखा नगरपालिका र सिरानचोक, भिमसेनथापा गाउँपालिकाका १९ वटा विद्यालयमा जीवन उपयोगी सीप कक्षाहरु तथा सामूहिक मेन्टोरिङ सेसनहरु निरन्तर चलिरहको र उक्त सेसनहरुवाट १०४५ जना बालिका लाभान्वित भएको एकिकरण नेपाल गोरखाले वताएको छ ।

अभिभावक कार्यशाला, विश्व वातावरण दिवस, अन्र्तराष्ट्रिय बालिका दिवसमा विभिन्न प्रतियोगिता सम्पन्न भएको र करिब १२० जना बालिका नेतृत्वदायी भूमिकामा समेत देखिएको कार्यक्रमका अधिकृत उमेश विश्वकर्माले बताउए ।

साक्षरता कार्यक्रम अन्तरगत गोरखाका शहिद लखन, अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक, भिमसेनथापा, गण्डकी गाउँपालिकाको साथसाथै गोरखा, पालुङटार नगरपालिकाहरुमा रहेका १५० विद्यालयमा स्थापित पुस्तकालयबाट प्रति विद्यार्थीले औषतमा एक बर्षमा ३३ ओटा पुस्तकहरू अध्ययन गरेको पाइएको छ ।

यस वर्ष पुस्तकालय व्यवस्थापन सम्बन्धी ८६ जना, पुस्तकालय गतिविधि सम्बन्धी १२६ जना र नेपाली भाषा शिक्षण सम्बन्धी ३७९ जना शिक्षकहरुले विभिन्न चरणमा तालिम प्राप्त गरेका, साथै थप २० ओटा विद्यालयहरुमा कक्षा ३ मा पनि कार्यक्रमको परीक्षण सुरू गरिएको साक्षरता कार्यक्रम अधिकृत होम बहादुर थापाले वताए ।

एकिकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरी देवकोटाले यस २०२४ मा भएका कार्यले निकै उत्साह थपेको र आगामी वर्ष कार्यक्रमलाई अझ बढि समुदाय केन्द्रित बनाउने र अन्य पालिकामा विस्तार गर्न आवश्यक रणनीति तय गरि अगाडी बढ्ने बताए । कार्यक्रममा रूम टु रिड का बरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक शुशिल तिम्सिनाले २०२४ मा निकै फलदायी काम भएको र आगामी वर्ष सन २०२५ अझ प्रभावकारी ढगले काम गने वताए ।

कार्यक्रममा रूम टु रिडको बरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक सुशिल तिम्सिना, अन्य कर्मचारीहरु तथा एकिकरण नेपाल गोरखाको परियोजनामा आबद्ध कमचारीहरुको उपस्थिति रहेका थियो । एकिकरण नेपाल गोरखाको अध्यक्ष मिलनसिंह बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार