गोरखा । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान गोरखाको चौथो अधिवेशन सम्पन्न भएको छ । प्रतिष्ठानको सोमबार सम्पन्न चौथो अधिवेशनले पुनः हरिराम अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, सचिवमा जयराम अधिकारी र कोषाध्यक्षमा भगवती अधिकारी चयन भएका छन् । प्रतिष्ठानको कार्यसमिति सदस्यमा राजेन्द्र अधिकारी, राजिव अधिकारी, लिलावती अधिकारी, टिकाराम अधिकारी र शुसिला अधिकारी निर्विरोध चयन भएको बताइएको छ ।
अधिवेशनले केन्द्रिय परिषद सदस्यमा जानुका अधिकारी र प्रदेश परिषद सदस्यमा उत्तम अधिकारीलाई चयन गरेको छ । त्यस्तै यदु अधिकारी, एकदेव अधिकारी र टुकनाथ अधिकारीलाई प्रतिष्ठानले सल्लाहकार बनाएको छ ।
अधिवेशनको बन्दसत्रमा अध्यक्ष हरिराम अधिकारीबाट प्रस्तुत भएको बार्षिक प्रतिवेदन सर्वसम्मतले पारित भएको सुरेश अधिकारीले बताए ।