पोखरा । अविरल वर्षाका कारण म्याग्दीमा हालसम्म २९ जना बेपत्ता भएका छन् भने एक जनालाई खोलाले बगाएको छ ।
बेपत्ता हुनेमा धवलागिरी–६ का २१ र मालिका–७ बिमका ८ जना छन् । मराङको रिखामा ७, नामरुकमा १०, ठूलोगाउँमा १ रहेकाे प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।
त्यस्तै मालिका गाउँपालिकाको ६ दुखुकी ३८ वर्षीय १ महिलालाई दुखु खोला पार गर्ने बेलामा खोलाले बगाएको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।
त्यस्तै जिल्लाको रघुगंगा गाउँपालिका– ३ पिप्ले र बेनपा ९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदिले बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बन्द भएको छ ।मोटरेबल पुल नजिकै रहेको झोलुङ्गे पुल समेत बगाउने अबस्थामा रहेको छ ।