काठमाडौं । निजगढ विमानस्थल निर्माणका क्रममा सर्वोच्च अदालतको आदेशलाई समेत अटेरी गरी संघिय सरकारले अनावस्यक रुपमा बजेट खर्च गरिरहेको भन्दै स्थानीयले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
विमानस्थलबाट प्रभावित समुदाय तथा उनिहरुको पक्षमा पैरवी गर्ने व्यक्ति तथा संस्थाहरूको तर्फवाट मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई सात बुँदे ध्यानकर्षण पत्र बुझाउदै विमानस्थल निर्माण प्रकृयामा पून विचार गर्नका लागि संघीय सरकार लाई दवाव दिन प्रदेश सरकारसंग अनुरोध गरेका छन् ।
सात बुँदे ध्यानाकर्षण पत्रमा विमानस्थल निर्माण भएको खण्डमा स्थानीय नागरिक, त्यस क्षेत्रको जल, जंगल, वातावरण तथा प्राकृतिक स्रोत माथी गर्ने असर र जोखिमलाई वेवास्ता गर्दै संघ सरकारले पटक पटक विमानस्थल बनाउने नाममा बजेट विनियोजन गर्ने, खर्च वढाउने जस्ता कार्य गरिरहेको प्रति आपत्ति जनाएका छन् ।
ध्याकर्षण पत्रमा हलखोरिया साझेदारी बन उपभोक्ता समूह बारा्रका अध्यक्ष विकल्प भट्टराई, सहजनाथ साझेदारी बन उपभोक्ता समूहका मुस्ताक अन्सारी लगायत सात जनाले हस्ताक्षर गरेका छन् । उनिहरुले सोही ध्यानाकर्षण पत्र बन तथा बाताबरण मन्त्री त्रिभुवन साहलाई समेत बुझाएका छन् ।
हेर्नुस मुख्यमन्त्रीलाई बुझाइएको ध्यानाकर्षणपत्र:
माननीय मुख्यमन्त्रीज्यू,
मधेश प्रदेश, जनकपुरधाम धनुषा नेपाल
उपरोक्त सम्बन्धमा प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलबाट प्रभावित समुदाय तथा समुदायको पक्षमा पैरवी गर्ने व्यक्ति तथा संस्थाहरूको तर्फवाट्र हाम्रा विविध माग सहित विमानस्थल निर्माण प्रकृयामा पूनस् विचार गर्न संघीय सरकार लाई दवाव दिन प्रदेश सरकारको तर्फवाट आवश्यक पहल गरिदिनुहुन माननीय मुख्यमन्त्री ज्यू समक्ष यो ध्यानाकर्षण पत्र पेश गरेका छौ ।
माननीय मुख्यमन्त्रीज्यू,
नेपालको कुल भू-भागको करीव ४५% क्षेत्र वन क्षेत्रले ओगटेको छ। यद्यपी, मधेश प्रदेशमा भने कुल भूभागको ४.१% भन्दा पनि कम क्षेत्रमा वन रहेको छ। वन क्षेत्र रहेको वारा, पर्सा जस्ता जिल्लामा पनि भौतिक विकासको तिब्र गतिबिधिको कारण वन, जैविक विविधता मात्र नाश भएको छैन, समग्र जनजीवन प्रभावित भएको छ।
वारा जिल्लामा रहेको ४ वटा साझेदारी वनमध्ये प्रस्तावित निजगढ विमानस्थलको कारण सहजनाथ साझेदारी वनको पुरै अस्तित्व समाप्त हुनेछ। यस्को कारण वनसंग आश्रित लाखौ उपभोक्ता प्रभावित बन्ने निश्चित छ।
प्रस्तावित विमानस्थल निर्माण भएको खण्डमा पानीको मुहान सुक्ने, तराई-मधेश क्षेत्रमा थप मरुभूमिकरण वढ्ने भएकोले यस सवालमा सरकारले गरेको प्रस्ताव उपर सर्बोच्च अदालतले समेत विकल्प खोज्न आदेश दिई सकेको अवस्थामा संघ सरकारले पटक-पटक विमानस्थल बनाउने नाममा बजेट विनियोजन गर्ने, खर्च वढाउने जस्ता कार्य गरिरहेको अवस्थामा प्रदेश सरकारको तर्फवाट उचित दिशानिर्देश गर्न अनुरोध गर्दछौ।
प्रस्तावित क्षेत्रमा पर्ने जितपुर सिमरा उप म.न.पा वडा न. १६, टाँगीयाबस्तीमा वसोवास गरिरहेका करीव २५०० घरधुरी परिवारको वारेमा विमानस्थलको योजना निर्माणपूर्व नै उचित व्यवस्थापन गर्नुपर्नेमा उनीहरुसँग सोधपुछ, परामर्श नै नगरी निर्माण प्रक्रिया अगाडी वढाउन खोज्नु एवं २५०० घरधुरी परिवारलाई विस्थापन गर्न खोज्नु दुखद पक्ष हो । त्यसैले यस तर्फ ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउदछौ ।
प्रस्तावित विमानस्थलको नाममा हालसम्म सयौ घर-परिवार लाई अनुचित प्रभावमा पारी जग्गा अधिग्रहण गर्ने कार्य भई रहेको छ। खासगरी आदिवासी थारु तथा अन्य जातजातिको थातथलोवाट उनीहरुलाई हटाउनुपूर्व स्वतन्त्रतापूर्वक पूर्व-सुचित गरेर सहमति लिनुपर्ने अन्तराष्ट्रिय मान्यता (FPIC) को बर्खिलापमा भएका यस्ता कार्य रोक्न समेत आग्रह गर्दछौं।
विकासको नाममा बाह्रय ऋण थप्ने, समुदायको अधिकार हनन गर्ने र वातावरण प्रतिकुल हुने गरी गरिने विकासले कसैलाई पनि फाइदा गर्दैन । सिमित व्यक्तिको चाहना वमोजिम अगाडि वढाइएको यस्ता परियोजनाको विस्तृत एवं पारदर्शी अध्ययन हुनु आवश्यक छ। सिमरा बिमानस्थलसंग जोडिएका क्षेत्र, बिरगंज चिनी मिलको जितपुरसिमरा उप म.न.पा-१५ बारा मा रहेको जग्गा समेत मिलाएर बिमानस्थल निर्माण गर्दा लागत पनि घट्ने एवं वन क्षेत्र पनि बच्ने साथै सर्बोच्च अदालतले गरेको फैसला बमोजिम विकल्प खोज्न संघ सरकारलाई दवाव दिन अनुरोध गर्दछौ ।
यस सवालमा प्रभावित क्षेत्रका वासिन्दासँग छलफल गर्ने, हालसम्म भएका खर्चको पारदर्शीता को लागि नागरिक उडड्यन प्राधिकरणलाई अनुरोध गर्ने एवं विकल्पको खोजी गर्न प्रदेश स्तरीय बहुसरोकारवाला वीच छलफल गर्ने वातावरण मिलाउन समेत हार्दिकतापूर्वक अनुरोध गर्दछौं ।
अनुरोधकर्ता
– विकल्प भट्टराई, अध्यक्ष हलखोरिया साझेदारी बन उपभोक्ता समूह बारा
– मुस्ताक अन्सारी , सदस्य सहजनाथ साझेदारी बन उपभोक्ता समूह बारा
– राजमणि बराल, संचारकर्मी बारा्र
– संजिता कुमारी, नाफान सदस्य्र
– कृष्ण बुढाथोकी, स्थानीयवासी टाँगीयाबस्ति बारा्र
– कुमारी योन्जन लामा स्थानीयवासी टाँगीयाबस्ति बारा्र
– मिना कुमारी मोक्तान स्थानीयवासी टाँगीयाबस्ति बारा्र
बोधार्थ
श्री माननीय मन्त्री ज्यू, बन तथा बाताबरण मन्त्रालय, जनकपुरधाम धनुषा नेपाल्र
श्री माननिय मन्त्री ज्यू, उद्योग वाणसज्य तथा पर्यटन मन्त्रालय जनकपुरधाम नेपाल ।
श्री माननिय मन्त्री ज्यू, अर्थ मन्त्रालय जनकपुरधाम नेपाल
श्री प्रमुख सचिब ज्यू, मधेश प्रदेश जनकपुरधाम धनुषा नेपाल