• शनिबार, साउन ९ २०८३

गोरखामा चौथो गोरखकाली पर्यटन मेला सुरु


मंगलबार, पुष ९ २०८१
2.2K
Shares

गोरखा । गोरखामा चौथो गोरखकाली पर्यटन मेला सुरु भएको छ । संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमवारबाट मेला सुरु गरिएको आयोजक हरमटारी क्लबले जनाएको छ ।

हरमटारी खेलमैदानमा भएको मेलाको सोमवार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले उद्घाटन गरेका छन् ।

कार्यक्रम पूर्व झाँकीसहितको ¥याली निकालिएको थियो । हरमटारी खेलमैदानबाट निस्किएको ¥याली बिसौनी, बसपार्क, ठुलोआँगन, पाटेचौर हुदैं पुनः हरमटारी खेलमैदानमा पुगेको टुंगिएको थियो ।

मेला पुष १८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार