• मंगलबार, असोज १३ २०८३

एक हप्ता देशभर बाढी पहिराेको जोखिम, सतर्कता अपनाउन आग्रह


शुक्रबार, असार २६ २०७७
1K
Shares

वर्षाको मात्रा बढिरहकाले आगामी एक हप्तासम्म बाढी तथा पहिरोको उच्च जोखिम रहेको जलविज्ञले बताएका छन्।

बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलका अनुसार विशेषगरी भारतसँग सीमा जोडिएका जिल्लामा यस अवधिमा बाढीको जोखिम उच्च छ।

जलविज्ञ पोखरेलका अनुसार तत्काल नारायणी र यसका सहायक मस्र्याङ्दी, कालीगण्डकीलगायत नदीमा बाढीको बहाव सतर्कता तह पुग्न लागेको छ भने बढ्दो क्रममा छ।

यस्तै चितवनको रिउ खोला क्षेत्रमा भारी वर्षा भइरहेकाले बाढीको जोखिम देखिएको छ भने नवलरासीका सबै साना नदीमा बहाव उच्च भएको छ। त्यहाँ अहिले अति भारी वर्षा भइरहेको छ।

उनका अनुसार आगामी २४ घण्टासम्म गण्डकी प्रदेश सहित १ र २ को तराईका सबै जिल्ला, बागमतीको मध्य पहाडी भेगमा पनि बाढी तथा पहिरोको जोखिम देखिएको छ। यस्तै यस अवधिमा प्रदेश ५ का तराईका सबै जिल्लामा बाढीकाे जाेखिम रहेकाे जलविज्ञ पाेखरेलले बताए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार