• शनिबार, साउन ९ २०८३

किन लिए मनशमजेरले सुचिनाको ज्या*न ?

मनशमजेरले सुचिनाको हत्या गरेपछि ‘मेरो बयान’ शीर्षकमा लेखेको पत्र समेत प्रहरीको हातमा


बुधबार, मंसिर २६ २०८१
2.2K
Shares

गोरखा । गोरखाको बारपाककी १८ वर्षीय सूचिना घलेको हत्या आरोपमा सोही ठाउँका मन मनशमशेर गुरुङ पक्राउ परेका छन् । ४२ वर्षीय गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले बताए ।

गत १५ मंसिरमा घाँस काट्न भन्दै जंगल गएकी सूचिना सम्पर्कविहीन भएकी थिइन् । खोजी गर्दै जाँदा उनको शव १८ मंसिरमा जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो ।

अनुसन्धानका लागि एक सातासम्म बारपाकमै बसेका डीएसपी सुवेदीका अनुसार मनशमजेरले जंगलमा सुचिनालाई एक्लै देखेपछि बलात्कार गर्न खोज्दा उक्त हत्या हुन पुगेको हो ।

‘जंगलमा एक्लै देखिएकी सुचिनालाई मनशमशेरले बलात्कार गर्न खोजेका थिए । उनले यो कुरा प्रारम्भिक बयानमा पनि बताइसकेका छन्’, सुवेदीले भने , ‘तर, सुचिनाले प्रतिकार गरेपछि मनशमजेरले हत्या गरेर खाडलमा पुरेको स्वीकारेका छन् ।’

प्रहरीले गरेको सोधपुछ क्रममा ४३ वर्षीय मनशमशेरले मंसिर १५ गते दिउँसो एक्लै घाँस काट्न गएको पनि स्वीकारे । उनलाई पक्राउ गर्नुअघि बारपाक चौकीमा यही मंसिर २२ गते सोधपुछका क्रममा आफू घाँस काट्न डोको लिएर जंगल नगएको भनेर प्रहरीलाई छल्ने कोसिस गरेका थिए ।

तर, प्रहरीले उनको हातमा केही चोट र अर्को व्यक्तिसँगको संघर्षका क्रममा लागेका चिह्न भेट्टाएको थियो । सोधपुछका क्रममा देखिएका चोटका आधारमा उनलाई निगरानीमा राखी अनुसन्धान अघि बढाएको थियो ।

निगरानीका क्रममा सुचिना प्रकरणमा मनशमजेरकै संलग्नता भएको ठहरपछि प्रहरी आइतबार राति उनको घरमा पुगेको थियो ।

प्रहरीले पक्राउ गरेपछि सोधपुछका क्रममा मनशमशेरले घटनामा आफ्नो संलग्नता स्वीकारेर लेखेको कागज घरमा रहेको खुलाए ।

उनले सुचिनाको हत्या सकार्दै ‘मेरो बयान’ शीर्षकमा लेखिएको एउटा पत्र घरको दराजबाट प्रहरीले बरामद गरेको छ । जसमा उनले सुचिनाको नाम नलिई आफ्नो हातबाट कुनै निर्दोष नारीको ज्यान गएको उल्लेख गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार