• मंगलबार, भाद्र २ २०८३

इन्काउन्टरमा मारिए गुण्डा नाइके विकास दुबे


शुक्रबार, असार २६ २०७७
1K
Shares

एजेन्सी । आफूलाई पक्राउ गर्न आएका डिएसपी सहित ८ प्रहरीको हत्या गरेका भारतीय राज्य उत्तर प्रदेश, कानपुरका गुण्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा शुक्रबार मारिएका छन्।

भारतीय संचारमाध्यमहरूले दुबेलाई लिएर आइरहेको उत्तर प्रदेशको एसटिएफको गाडी पल्टिएपछि प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी हमलामा दुबे मारिएको दाबी गरेका छन्।

दुबेलाई लिएर आउने क्रममा सो गाडी कानपुर नजिक दुर्घटनामा परेको थियो।

सार १८ गते आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गर्दा घटनामा एक डिएसपी, तीन सब-इन्सपेक्टर र चार कन्स्टेबल मारिएका थिए।

हत्यापछि फरार रहेका दुबेलाई बिहीबार प्रहरीले मध्य प्रदेशको उज्जैन जिल्लाको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार