• शनिबार, साउन ९ २०८३

बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतराकाबारे गोरखामा नागरिक संवाद


बुधबार, मंसिर २६ २०८१
1.2K
Shares

गोरखा । बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा युवा दुरुपयोगको खतराका बारे गोरखामा छलफल भएको छ । ७६ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले मंगलबार जिल्लामा यस बिषयमा नागरिक संवाद कार्यक्रम गरेको हो ।

संवाद कार्यक्रममा मानव अधिकार अन्तरगत रोजगारीको अधिकार, बढ्दो युवा पलायन, सैन्य प्रयोजनमा प्रयोग हुने खतरा लगायतका विषयमा छलफल भएको बताइएको छ । समाजका गोरखा जिल्ला अध्यक्ष शरदबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेण्टी सरकारले लिए यो अबस्थाको सृजना नहुने अधिकांश वक्ताको भनाई थियो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव सिताराम तिवारी, पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडी, पूर्वजिल्ला अध्यक्ष यदु अधिकारी, निवर्तमान अध्यक्ष गोमा दुवाडी, एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटा, पत्रकार महासंघका कोषाध्यक्ष मोहसिन अलि मियाँ, पत्रकार शिव उप्रेती, गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत विजयभक्त तिवारी, ब्यवसायी विनोद अर्याललगायतले धारणा राखेको समाजका जिल्ला सचिव रामचन्द्र पाण्डले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार