• शनिबार, साउन ९ २०८३

धार्चे स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मणिकाम देवी पहिलो


सोमबार, मंसिर २४ २०८१
2.7K
Shares

धार्चे गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मणिकाम देवी माविले हात पारेको छ ।

गाउँपालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा मणिकाम देवीले ९ स्वर्ण, ३ रजत र ४ कास्य गरी १६ पदक हात पार्दै बिजेता बनेको हो । प्रथम बनेको मणिकामदेवीले प्रतियोगिताको शिल्डसहित ट्रफी प्राप्त गरेको छ ।

प्रभात किरण माविले ४ स्वर्ण ४ रजत र १ कास्य गरी कुल १ पदकसहित द्वितीय बनेको छ । ३ स्वर्ण, ३ रजत र १ कास्य गरी ७ पदकसहित कालरात्री मावि तृतीय बन्न सफल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पराज जोशीले बताए ।

बिजेताहरुलाई गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले आइतबार एक कार्यक्रम गरी पुरस्कार वितरण गरेका उनले जानकारी दिए । प्रतियोगितामा पालिकाभित्रका ९ माविको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार