• शनिबार, साउन ९ २०८३

वारपाक युवती हत्या काण्डः दोषी सार्वजनिक गर्न नागरिक साझा सवालको आग्रह


सोमबार, मंसिर २४ २०८१
1.4K
Shares

गोरखा । वारपाकमा युवती हत्या काण्डको दोषी पत्ता लगाई कानून अनुसार कडा कारवाही गर्न नागरिक साझा सवालले आग्रह गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेललाई ध्यानाकर्षण गराउँदै साझा सवालले छिटो भन्दा छिटो पिडितलाई न्याय दिलाउन अनुरोध गरेको हो ।

‘घटनास्थल, पोष्टमार्टम रिपोर्ट तथा सञ्चार माध्यममा आएका बिषयबस्तुका आधारमा अत्यन्त क्रुर तरिकाले हत्या भएको बुझिन आएको छ । घटना स्थलमा हत्याराका टोपी, डोको लगायतका केहि प्रमाणहरु समेत भेटिएको खबर समेत सार्वजनिक छन्,’ नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडीले हस्ताक्षर गरेको ध्यानकर्षण पत्रमा उल्लेख छ ।

तर हत्या भएको यतिका दिनसम्म घटनाको रहस्य तथा दोषी पत्ता नलाग्नु विडम्वना भएको ठहर गदैै छिटो भन्दा छिटो दोषी पत्ता लगाएर कानून सजाय दिने पिडित परिवारलाई न्यायको अनुभूति गराउन माग समेत गरिएको छ ।

‘यससंगै कतै दोषी उम्कने त होइन ? भन्ने गम्भिर आशंका समेत पैदा भइरहेको सन्दर्भमा अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउँदै यथासिघ्र दोषी पत्ता लगाई कानूनसम्बत कारबाहीका लागि जोडदार माग गर्दछौ,’ ध्यानकर्षण पत्रमा लेखिएको छ ।

गत मंसीर १५ गते शनिबार घाँस काट्न जंगल गएकी घलेको मंगलबार मात्र खाल्डोमा पुरिएको अवस्थामा स्थानीय र प्रहरीले शव भेटाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार