गोरखा । एकिकरण नेपाल गोरखाले तिहारको अवसरमा आयोजित देउसी भैलो कार्यक्रमवाट संकलन भएको रकम अन्तरपुस्ता नारीवादी मञ्चलाई हस्तान्तरण गरेको छ । देउसी भैलोवाट संकलन भएको कुल रकम ७५ हजार ५७० मध्ये ४४ हजार रकम मञ्चलाई हस्तान्तरण गरेको एकिकरण नेपाल गोरखाले वताएको छ ।
अन्तरपुस्ता नारीवादी मञ्च महिलाको सामाजिक, आर्थिक, तथा राजनीतिक सहभागिता र अधिकारको लागि महिलाहरुद्धारा संचालन गरिएको अनौपचारिक समुह हो । यस मञ्चले आगामी निर्वाचनमा महिलाहरुको सहभागिता अभिवृद्धिको लागि देशव्यापी विभिन्न अभियान र पैरवीको काम गरिरहेको छ । एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले उक्त अभियानमा जोडिएर काम गर्न पाउनु संस्थाको लागि अवसर भएको वताए ।
हस्तातरणवाट बाँकी रहेको रकमवाट गोरखामा अनुपम यात्रा आयोजना गर्ने संस्थाले जनाएको छ । अनुपम यात्रा अन्तरपुस्ता नारीवादी मञ्चले सन् २०२४ मा देशव्यापी आयोजना गरेको महत्वपुर्ण कृयाकलाप रहेको एकिकरण नेपाल गोरखाले वताएको छ ।