• शनिबार, साउन ९ २०८३

५० जना रिक्सा चालकलाई न्यानो टोपी र ज्याकेट वितरण


सोमबार, मंसिर १० २०८१
2.3K
Shares

काठमाडौं । ठमेलको सात घुम्ती सव कमिटीले रिक्सा चालकलाई न्यानो कपडा वितरण गरेको छ । ठमेल र आसपास क्षेत्रका ५० जना रिक्सा चालकलाई कमिटीले न्यानो टोपी र ज्याकेट वितरण गरेको हो ।

कमिटीका अध्यक्ष गीता गुरुङको अध्यक्षतामा भएको वितरण कार्यक्रममा नेपाली काँग्रेसका नेता एव) पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यता रहेको थियो ।

चिसो मौसम सुरु भएसंगै २४ सै घण्टा ठमेल क्षेत्रमा कृयाशिल रहने ५० जना रिक्सा चालकको सहजता र सुरक्षाका लागि न्यानो टोपी र ज्याकेट सहयोग गरिएको कमिटीका सचिव मिन्हाज खानले बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा नेपाली काँग्रेसका तर्फबाटका वडाध्यक्ष उम्मेदवार देवेन्द्र पाठक लगायतको समेत उपस्थिती रहेको थियो । कमिटीले यसअघिदेखि नै बिभिन्न सामाजिक कार्य गर्दै आएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार