• शनिबार, साउन ९ २०८३

प्लस–टु पास हुन नसकेका १४ लाख विद्यार्थीले मौका परीक्षा दिन पाउने

पुराना विद्यार्थीहरुको परीक्षा पुरानै पाठ्यक्रम अनुसार


आइतबार, कार्तिक २५ २०८१
1.9K
Shares

काठमाडौं । रााष्ट्रिय परीक्षा बोर्डले विगतको परीक्षामा ११ र १२ उत्तीर्ण हुन नसकेका झण्डै १४ लाख विद्यार्थीका लागि एकपटक मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ।

बोर्डले आज (आइतबार) सूचना जारी गर्दै विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको जनाएको छ।

सूचनाअनुसार बोर्डबाट सम्बन्धन लिएर सञ्चालित शैक्षिक संस्थामा यसअघि अध्ययन गरेका तर परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित भएका जतिसुकै पुराना विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने छन्।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीले मौका परीक्षा दिन पाउनेछन्। यो २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीको सङ्ख्या १४ लाख रहेको अनुमान बोर्डले गरेको छ।

बोर्डका अनुसार विगतमा परीक्षा दिएर अनुत्तीर्ण भएका तथा परीक्षामा अनुपस्थित भएका विद्यार्थी आउने वैशाखमा हुने परीक्षामा सहभागी हुन पाउने छन्।

यस्ता विद्यार्थीलाई आगामी मङ्सिर २७ गतेभित्रमा आफूले अध्ययन गरेको शैक्षिक संस्थामा गएर परीक्षा फाराम भर्न पनि बोर्डले अनुरोध गरेको छ।

कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकको मौका दिइने सूचनामा उल्लेख।

पुराना विद्यार्थीहरुको परीक्षा पुरानै पाठ्यक्रम अनुसार हुने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार