• शनिबार, साउन ९ २०८३

छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने


बिहिबार, कार्तिक २२ २०८१
1.3K
Shares

आज छठको तेस्रो अर्थात् मुख्य दिन व्रतालु निराहार रहन्छन्।

पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरूप खाएपछि निराहार व्रत सुरु भएको हो।

निराहार व्रतमा रहेका व्रतालुले आज साँझ पवित्र जलाशयमा सजाइएका घाटमा विविध परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्।

यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ।

अब भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि  छठ विधिवत् रूपमा समापन हुनेछ।

पहिले पहिले खासगरी तराई-मधेसमा मात्र मनाइने छठ पर्व केही वर्षयता काठमाडौँलगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा समेत मनाउने गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार