• शुक्रबार, साउन २९ २०८३

गर्भवतीलाई आइरन–फोलिक एसिडको साट्टा एमएमएस चक्की वितरण गर्ने सरकारी तयारी


मंगलबार, कार्तिक १३ २०८१
1.1K
Shares

काठमाडौं । सरकारले गर्भवती महिलाको स्वास्थ्य सुधारका लागि बहु–सूक्ष्म पोषकतत्व (एमएमएस) वितरण अभियान सुरू गर्ने भएको छ ।

पहिलो चरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हेलन केलर इन्टरनेसनलको सहकार्यमा लुम्बिनी प्रदेशका १० जिल्ला र अन्य ६ प्रदेशका १० वटा जिल्लाका गर्भवती महिलाहरुलाई बहु–सूक्ष्म पोषकतत्व दिइनेछ । र, त्यसको प्रभाव हेरेर अरु जिल्लामा विस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ ।

गर्भवती महिलालाई रक्तअल्पता, कुपोषण जस्ता समस्याबाट बचाउन, अनि कम तौल भएको बच्चा जन्मने वा नवजात शिशु गर्भावस्थामै मृत्यु हुने अवस्थालाई न्युनीकरण गर्न डेढ दशकदेखि आइरन–फोलिक एसिड वितरण गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार