• शुक्रबार, साउन ८ २०८३

भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान


मंगलबार, कार्तिक १३ २०८१
2K
Shares

काठमाडौं । भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ ।

मौसमविद एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपराह्नदेखि सोमबारसम्म लगातार वर्षा हुने सम्भावना देखिएको बताए । सोमबारपछि भने मौसम सफा हुने छ । वर्षाले प्रदूषण केही घटाउने र जाडो बढाउने सम्भावना छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार