काठमाडौं । यस बर्षको तिहारमा सयपत्री फूलको मालाको मुल्य ह्वात्तै बढ्ने भएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण फूलखेतीमा समेत क्षति पुर्याएकाले यस बर्षको तिहारमा फुलको मालाको मुल्य बढ्ने भएको हो ।
फुल्न थालिसकेको फूल खेतीमा वर्षाकै कारण नोक्सान भएपछि तिहारमा फुलको माला समेत भारतकै भर पर्नु पर्ने बाध्यता आइपरेको छ । नजिकिदै गरेको तिहारका लागि भारतबाट १५ लाख माला आयात गर्ने तयारी भइरहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ।
गत वर्ष एउटा मालाको मुल्य ६५ देखि ७० रुपैया परेको थियो तर यस वर्ष प्रतिगोटा माला ८० देखि ८५ सम्म होलसेल मूल्य पर्ने अनुमान छ । वर्षाले कारण करिब १५ करोड रुपैया बराबरको फूल खेतीमा नोक्सान भएको थियो ।
फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा यस वर्षको तिहारमा ४० लाख भन्दा बढी सयपत्री फुलको मालाको माग छ ।