• आइतबार, साउन १० २०८३

गोरखामा ५३ जनाले जिते काेराेना, संक्रमितकाे संख्या ९६


बिहिबार, असार २५ २०७७
1.5K
Shares

गोरखा । बुधबार बारपाक सुलिकोट गाउँपालिकाका ३५ वर्षीय एक पुरुष निको भएर घर फर्किएका छन् । जिल्ला अस्पताल गोरखाले एक प्रेस विज्ञप्ती जारी गर्दै उनलाई घर पठाइएको जानकारी दिएको छ ।

१४ दिनसम्म क्वारेन्टिनमा बसी आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न आग्रह गर्दै उनलाई घर पठाइएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । बाँकी ३५ जनाको जिल्ला अस्पताल गोरखा, गोरखा क्याम्पस र मकैसिंह प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

गोरखा क्याम्पस रहेका अधिकाशं सक्रमितको दोश्रो परीक्षण रिर्पोट पनि नेगटिभ आएको छ । बाँकी अन्य व्यक्तिको पनि केही दिन भित्र थप परीक्षण गराएर उनीहरु सबैलाई घर पठाउने तयारी भइरहेको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिए ।

हालसम्म गोरखा अस्पतालको आइसोलेशनमा उपचारत पालुङटारका एक जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने आत्महत्याको प्रयास गरेका भीमसेनका अर्का एकको पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि थियो ।

गोरखामा हालसम्म समूदाय स्तरका १२ जनामा संक्रमण पुष्टि भएपनि उनीहरुको सम्र्पकमा रहेका सबैको नेगटिभ रिर्पोट आएसँगै अहिले स्थिती पूर्ण रुपमा नियन्त्रणमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गोरखामा संक्रमितकाे संख्या ९६ पुगेको छ भने हालसम्म ५३ जनाले कोरोना भाइरसलाई जिति सकेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार