• आइतबार, साउन १० २०८३

कोरोनाबाट मृत्यु हुनेकाे संख्या साढे पाँच लाख नाघ्यो, संक्रमित झन बढ्दै


बिहिबार, असार २५ २०७७
715
Shares

A woman wearing a mask to prevent contracting the coronavirus reacts as employees from a disinfection service company sanitize a traditional market in Seoul, South Korea, February 26, 2020. REUTERS/Kim Hong-Ji TPX IMAGES OF THE DAY

विश्वभर कोरोना संक्रमणदर झन् तीब्र बन्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख १२ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ।

यो एकै दिन पुष्टि भएको भएको अहिलेसम्मकै ठूलो संख्या हो।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ६१ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ। त्यसपछि ब्राजिल र भारतमा संक्रमणदर उच्च छ।

गएको २४ घण्टामा ब्राजिलमा ४१ हजार पाँच सय ४१ जनामा संक्रमण देखिएको छ भने भारतमा २५ हजार पाँच सय ७१ जनामा संक्रमण देखिएको वर्ल्डओमिटरमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा रुस र मेक्सिकोमा ६/६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर संक्रमणको कारण पाँच हजार चार सय ९६ जनाको मृत्यु भएको छ। यो सँगै विश्वभर संक्रमणको कारण ज्यान गुमाउनेको संख्या पाँच लाख ५१ हजार एक सय ७० पुगेको छ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार एक सय ८१ जनाको संक्रमणको कारण मृत्यु भएको छ।

त्यसैगरी मेक्सिकोमा आठ सय ९५, अमेरिकामा आठ सय ७३, भारतमा चार सय ९१, रुसमा एक सय ७३, पेरुमा एक सय ८१, चिलीमा एक सय ३९, बेलायतमा एक सय २६, इरानमा एक सय ५३, दक्षिण अफ्रिकामा एक सय, कोलम्बियामा एक सय ६८ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार