• शनिबार, साउन ९ २०८३

मनकामना केबलकार ३ दिन बन्द हुने


सोमबार, असोज २८ २०८१
1.1K
Shares

गोरखा । मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो ।

मनकामना केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको थियो । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी भएकाले ३ दिन केबलकार बन्द गर्नुपरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

ती काम गर्नका लागि प्रालिले अष्ट्रियाबाट प्राविधिकहरु झिकाएको छ । कार्तिक १ गतेसम्ममा सबै काम सकेर २ गतेबाट केबलकार नियमित सुचारु हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार