• शनिबार, साउन ९ २०८३

गोरखामा मोटरसाइकल दुर्घ टना हुँदा धादिङका युवकको मृ त्यु


सोमबार, असोज २८ २०८१
2.6K
Shares

गोरखा । गोरखामा मोटरसाइकल दुर्घटनामा परि २० बर्षिय युवकको ज्यान गएको छ । भिमसेन थापा गाउँपालिका वडा नम्बर ३ स्थित सिमलफेद भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परि धादिङका २० बर्षिय निशान गिरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक सरोज कार्कीका अनुसार असोज २७ गते बेलुका करिब साढे ८ बजे मोटरसाइकल दुर्घटनामा परेको हो । मृतक निशानको घर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको खुल्न आएको छ ।

दुर्घटनामा गम्भिर घाइते बनेका निशानको आरुघाट स्थित आधारभुत स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही स्थानका २० बर्षका अर्का युवक रुपेश गिरीले चलाएको बा ३६ प १५६२ नम्बरको बाइक अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो । घाइते रहेका बाइक चालक रुपेशलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको गोरखा प्रहरीले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार